वीरेन्द्रनगरमा औद्योगिक, व्यापार तथा कृषि महोत्सव संचालन हुने


सुर्खेत । राष्ट्रियऔद्योगिक व्यापार तथा कृषि प्रदर्शनी महोत्सव संचालन हुने भएको छ । आगामी माघ १३ गते देखी २१ ग्ते सम्म वीरेन्द्रनगरमा महोत्शव संचालन हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ सुर्खेतको आयोजनामा हुने महोत्सवमा कोभिडको प्रभावले थला परेका लघु उद्यमीहरुलाई जोगाउने र कर्णालीको कला संस्कृतीको प्रर्वद्धन गर्ने लक्ष्यका साथ मेलाको आयोजना गरिएको आयोजकले जनाएको छ । महोत्सबले लघु घरेलु साना तथा महिला उद्यमीहरुले उत्पादन गरेका स्तुहरुको बजारीकरणमा सहयोग गर्ने, कर्णालीका औद्योगिक बस्तुहरुको राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारीकरणको खोजि गर्ने, उत्कृष्ठ उद्यमी पुरस्कारको व्यवस्था गर्ने, सरोकारवाला तथा उद्यमीहरुविच उद्योग पर्वद्धनका लागी सहयोग गर्ने लक्ष्यका साथ महोत्सवको आयोजना गरिएको नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णालीका अध्यक्ष चन्द्र बहादुर बुढाक्षेत्रीले जानकारी दिए ।

आर्थिक समृद्धीका लागी कर्णालीका उद्योग खोलौँ, औद्योगिकरणमा जुटौँ भन्ने मुलनाराका साथ संचालन गर्न लागिएको मेलामा लघु उद्यमीहरु मर्फत उत्पादन गरिएका मौलिक वस्तुहरु गलैंचा, राडिपाखी, उनिका कपाडाहरु, लिउ फेरुवा लगाएतका कर्णालीका उत्पादनहरुको पर्वद्धन गरिने आयोजकले जानकारी दिएको छ । करीव ३ सय स्टर रहने महोत्सवमा प्रत्यक्ष ४ करोड र अप्रत्क्ष ३ करोड गरी ७ करोड भन्दा बढीको कारोबार हुने प्रक्षेपण गरिएको आयोजकले जनाकारी दिएको छ ।

तपाईको प्रतिक्रिया