काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् । पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले संसदको दोस्रो बैठकमा मंगलबार विश्वासको मत लिएका हुन् । मंगलबार प्रतिनिधिसभा बैठकमा भएको मतदानमा २६८ सांसदले प्रधानमन्त्री दाहालको पक्षमा मतदान गरेका छन् । यस्तै विपक्षमा २ सांसदले मतदान गरेका छन् । मतदानमा २७० सांसद उपस्थित थिए ।
नेकपा माओवादी केन्द्रसँगै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय उन्मुक्ति पार्टी तथा ३ स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका दाहाललाई नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीले समेत प्रधानमन्त्री प्रचण्डको पक्षमा मतदान गरेका थिए ।
दर्शन खबर । २६ पुष २०७९, मंगलवार