सुर्खेत । कर्णाली प्रदेशसभा सदस्य विन्दमान विष्टले शैक्षिक गुणस्तर बढाउन विद्यालयहरु मर्ज हुनुपर्ने आवश्यकता रहेको बताएका छन ।
नेरामावि चौकुने ३ बेतानको नवनिर्मित भवन उद्घाटन तथा विद्यालयको ४४ औँ बार्षिक उत्सव कार्यक्रममा बोल्दै सांसद विष्टले शैक्षिक रुपान्तरणका लागी छरिएर रहेका विद्यालयहरु मर्ज गर्नुपर्ने बताएका हुन ।
भौतिक संरचना निर्माणले मात्रै शिक्षामा आमुल परिवर्तन नहुने भन्दै कर्णाली सरकारका पुर्वमन्त्री समेत रहेका विष्टले दक्ष शिक्षकहरु उत्पादन गर्नु समेत अहिलेको आवश्यकता रहेको बताए ।
विद्यालयहरु छरिएर रहेका कारण विद्यार्थी संङख्या थोरै भएपनि भौतिक संरचना निर्माण गर्नुपर्ने र त्यसले आर्थिक भार थपिने भन्दै थोरै विद्यालय तर गुणस्तरिय शिक्षाको मोडलमा अघिबढ्नुपर्ने अहिलेको आवश्यकता रहेको उनको भनाई थियो ।
प्रावि तहका विद्यालयहरुको संख्या धेरै भएको तर शिक्षाको गुणस्तर न्युन रहेको उनको भनाई छ । साथै उनले शिक्षामा राजनीति गर्न नहुने बताएका छन । शिक्षामा आमुल परिवर्तन गर्न पुर्वाधार निर्माणले मात्रै प्रयाप्त हुदैन उनले भने,“
राष्ट्रको भविस्य संग जोडिएको शिक्षा क्षेत्रको विकासका लागी सवै एकजुट हुन आवश्यक रहेको उनको भनाई थियो ।
आगामी २ वर्ष भित्र चौकुने गाउपालीकाका मावि स्तरका सवै विद्यालयहरुको पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने आफ्नो लक्ष्य रहेको उनको भनाई थियो ।
फरक प्रसंङ्गमा सांसद विष्टले आगामी ५ वर्ष भित्र पश्चिम सुर्खेतको सडकको समस्या समाधान हुने गरी काम अघि बढेको बताए । ३३ केभि प्रशारण लाईन पुगेको बताउदै अव गाउवस्तीहरुमा बत्ति पु¥याउन काम अघि बढ्ने उनको भनाई थियो ।


दर्शन खबर । २६ पुष २०७९, मंगलवार