सुर्खेत । कर्णाली प्रदेशमा रासायनिक मलको १ प्रतिशत खपत भएको देखिएको छ । अरु प्रदेशको तुलनामा कर्णाली प्रदेश सबै भन्दा कम रासायनिक मल प्रयोग गर्ने प्रदेशको रुपमा देखिएको मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीले जानकारी दिनुभयो ।
सन २०१७÷०१८ मा नेपालमा कुल ३ लाख ६४ हजार २० मेट्रिकटन रासायनिक मल खपत भएकोमा कर्णालीमा त्यसको १ प्रतिशत मात्रै रासायनिक मल खपत भएको सचिव भारीले वताउनुभयो । कार्यक्रममा सचिव भारीले कर्णाली प्रदेशमा जम्मा ३९०१ मेट्रिकटन मात्रै रासायनिक मल खपत भएको जानकारी दिनुभयो ।
सचिव भारीका अनुसार सुर्खेतले सबैभन्दा धेरै १८४९ मे.ट., सल्यानले ११७०, दैलेखले ४५९, रुकुमले २१३, जाजरकोटले १७७ र कालिकोटले ३१ मेट्रिकटन मल खपत गरेको छ । हिमाली जिल्लाहरु मुगु, हुम्ला र डोल्पाले मल खपत भएको छैन भने जुम्लाले २ मे.ट. मात्रै मलखपत गरेको छ ।
मन्त्रालयका योजना महाशाखा प्रमुख तथा प्रवक्ता हरिप्रसाद पण्डितले प्रदेश सरकारसंग अर्गा्निक प्रदेशका आधार तयार गरेर अर्गा्निक उत्पादन गर्नका लागी चालु आर्थिक वर्षमा २२ करोड ३७लाख रुपैंया (सशर्त अनुदान सहित) विनियोजन गरिएको प्रवक्ता पण्डितले वताउनुभयो । यसका लागि संघीय सरकारले प्रदेशलाई सशर्त अनुदान वापत १३ करोड दिएको पण्डितले जानकारी दिनुभयो । ,संघीय सरकार र प्रदेश सरकार हामी सँगसंगै अगाडी वढेर अर्गा्निक कार्यक्रम संचालन गर्छौ उहाँले भन्नुभयो ।
कृषि विभागका उपमहानिर्देशक जानुका पण्डितले कार्य्विधिमा ८५ प्रतिशत उत्पादन सामाग्री सहयोग तथा प्रविधिमा, रैथाने बालीलाई प्याकेजिङ्गमा अनुदान दिने लगायतका कुराहरु समेटिएको जानकारी दिनुभयो ।



दर्शन खबर । २१ भाद्र २०७६, शनिबार