स्पष्ट कार्यवीधी नहुदा योजना अनुगमनमा समस्या, जिसस प्रमुख सिक्देल

पंखबहादुर शाही, सुर्खेत । जिल्ला समन्वयन समिति सुर्खेतमा स्पष्ट कार्यविधी र अधिकार बाँडफाड नहुदा काम गर्न समस्या भएका छ ।
समन्वय समितिका प्रमुख छबिलाल सिक्देलले सरकारले बनाएका योजनाहरुलाई अनुगन गर्ने अधिकार पूर्ण नहुदा अनियमितता बढेको भन्दै स्पष्ट कार्यविधी हुनुपर्ने बताउनुभएको हो । सरकारले आफ्नो काम, कर्तव्य र अधिकार स्पष्ट बनाउन आवश्यक रहेकाले कसरी समन्वय गर्ने र के कस्ता कामको अनुगमन कसले गर्ने ? भन्ने स्पष्ट हुनुपर्ने बताउनुभयो ।
सरकारले आवाश्यक कर्मचारी समेत नपठाएको भन्दै कर्मचारी नहुदा धेरै कामहरु रोकीएको बताउनुभयो । अहिले हरेक योजनाहरुमा अनियमितता भ्रष्टाचार जस्ता अनियमितता देखिएको बताउनुभयो ।
सुर्खेतको धरमपोखरा, मटेला, चिङगाडखोलाका सडकहरु लामो समय भइसक्दा पनि अहिलेसम्म अस्तव्यस्त रहेको भन्दै काम नगर्नेलाई छोड्न नहुने बताउनुभयो । उहाँले नागरिकहरुबाट अनुगमन फितलो भन्ने गुनासा अआईरहनु स्वभाविक रहेको भन्दै अहिले जिल्ला समन्वयन समितिको अनुगमन गर्ने अधिकार सांसद र स्थानीय सरकार आफैँले लिईसकेको बताउनुभयो । जिल्ला समन्वयन समिति सुर्खेतले गत बर्ष साढे २ करोड बराबरका योजनाको जिम्मा लिएको भन्दै ती सबै काम प्रभावकारी भएको उहाको दाबी छ ।


तपाईको प्रतिक्रिया