कर्णालीको ७५ प्रतिशत बढी जमिन अर्गा्निकः मन्त्री केसी

दिपेन्द्र शर्मा
सुर्खेत  । कर्णाली प्रदेशका भूमि व्यवस्था कृषितथा सहकारीमन्त्रीविमला केसीले कर्णालीप्रदेशको ७५ प्रतिशत बढी जमिन अर्गा्निक भएको वताउनुभएको छ ।
कृषि तथा पशुपन्छी बिकास मन्त्रालय काठमाडौको कृषि विभागद्धारा कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कर्णाली प्रदेश स्तरिय प्राङ्गारिक कृषि प्रबद्र्धन कार्यक्रम संचालन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा मन्त्री केसीले कर्णाली प्रदेशको ७५ प्रतिशत भन्दा बढी जमिन अर्गा्निक वताउनुभएको हो ।
कर्णालीमा विषाधी तथा रासायनिक मलको खपत कम भएकोले अर्गा्निक प्रदेश वनाउन सहजता हुने मन्त्री केसीले वताउनुभयो । “ कर्णाली भुगोल आफैमा अर्गा्निक छ, त्यसैले अरु प्रदेश भन्दा कर्णालीमा अर्गा्निक वनाउन सहज देखिन्छ”उहाँले भन्नुभयो । यो पनि कर्णालीलाई अर्गा्निक बनाउने एक महत्वपूर्ण आधार भएको मन्त्री केसीको भनाई छ ।
कर्णालीलाई पुर्णरुपमा अर्गा्निक प्रदेश बनाउन केही चुनौती त देखिन्छ तर प्रदेश सरकार संचालन गरेको अर्गा्निक विशेष कार्यक्रमले चुनौतीको सामना गर्ने उहाँको भनाई छ ।
कर्णाली प्रदेश सरकारको पहिलो मन्त्रीपरिषदको वैठकले कर्णालीलाई अर्गा्निक प्रदेश वनाउने निर्णय गरेको भन्दै मन्त्री केसीले अव सरकारका हरेक योजना तथा कार्यक्रमहरु अर्गा्निक विशेष हुने वताउनुभयो । सरकारका हरेक योजना तथा कार्यक्रमलाई सहि ढंगले कार्यान्वयन गर्न सके प्रदेशलाई जैविक विषादीयुक्त र अर्गा्निक उत्पादनको केन्द्र वनाउन सहजहुने धारणा ब्यक्त गर्नुभयो ।
कार्यक्रममा वोल्दै मन्त्री केसीले प्रदेश सरकारले अभियानका रुपमा संचालन गरेको अर्गा्निक कार्यक्रमलाई संघिय सरकारले थप सहयोग गर्न आग्रह गर्नुभयो ।


तपाईको प्रतिक्रिया