मालारानीमा एकीकृत निशुल्क स्वास्थ्य शिविर सम्पन्न

हुम बहादुर कार्की सुर्खेत । गुर्भाकोट नगरपालिका वडा नम्बर २ स्थित स्वास्थ्य चौकी मालारानीमा एक दिने एकीकृत निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । गुर्भाकोट नगरपालिका नगर स्वास्थ्य शाखा सुभघाट सुर्खेतको आयोजनामा र स्वास्थ्य चौकी मालारानीको समन्वयमा निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन वडा नम्बर २ का वडा अध्यक्ष नोख बहादुर वलिले गरेका थिए । शिबिर अनुगमन नगर स्वास्थ्य शाखा लगायत स्वास्थ्य चौकी मालारानी समिती परिवारबाट गरिएको थियो । अध्यक्ष वलिले स्वास्थ्य शिबिरमा सहयोग गर्ने सबैमा धन्यवाद दिदै शिबिर मार्फत सेवाग्राहीहरु लाई सेवा पुर्याउदा आगामी दिनहरुमा पनि यस्ता शिबिर सन्चालन गर्ने बताए ।

एक दिने एकिकृत स्वास्थ्य शिबिरमा सुगर, प्रेसर, र क्षयरोग लगायत छाती सम्बन्धि विभिन्न रोगहरुको निशुल्क स्वास्थ्य चेक जाँच गरिएको स्वास्थ्य चौकी मालारानीका प्रमुख निरक शर्माले बताए । यसैगरी एक दिने शिबिरमा ३ सय ५० जना सेवाग्राहीले स्वास्थ्य सेवा लिएको र ४३ जनाको खकार जाँचका लागि संकलन भएको समेत शर्माले जानकारी दिए । स्वास्थ्य चेकजाँच का लागि मेहलकुना अस्पतालबाट डा विनोद यादब र विवेक पन्थीले बिरामी जाँच तथा परामर्श दिएका थिए । शिबिर कार्यक्रममा सहयोग तथा व्यवस्थापनमा गुर्भाकोट नगरपालिका वडा नम्बर १ आधारभुत स्वास्थ्य केन्द्र का अहेब दिपेन्द्र खत्री नगर स्वास्थ्य प्रमुख महेश पुरी लगायत स्वास्थ्यकर्मी र महिला स्वमसेबिकाको उपस्तिथि रहेको थियो ।



तपाईको प्रतिक्रिया