नलगाडमा ६ वटा सिसि क्यामेरा जडान

जाजरकोट । जाजरकोटमा ६ वटा सिसि क्यामेरा जडान गरीएको छ । जिल्लाको नलगाड नगरपालिकाको मुख्य बजारमा सिसि क्यामेरा जडान गरेको हो । दैनिक चोरी, झैझगडा अपराधिक गतिविधिलाई सुक्ष्म रुपले निगरानी गरी गैरकानुनी क्रियाकलापहरु गर्नै व्यक्तिलाई कानुनी दायरामा ल्याई कारवाही गर्नको लागि ल्याउनको लागि नगरपालिकाको आर्थिक सहयोग र जिल्ला प्रहरी कार्यालय जाजरकोटको समन्वय उक्त सिसि टिभी क्यामरा जडान गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । नगरपालिकाको बजारका मुख्य मुख्य चोकहरु छेप्का बजार, कालिमाटि, बेलीब्रिज, खानटाकुरा, तथा बारेकोट जाने सडक खण्डमा उक्त सिसि क्यामेरा जडान नलगाड नगरपालिकाका प्रमुुख प्रशासकिय अधिकृत मान बहादुर गिरीले जानकारी दिए ।

नगरपालिकाको करीब ९ लाख ९० हजारको लगानीमा ६ वटा क्यामेरा जडान गरिएको उनले जानकारी दिए । बजारमा जोडिएका क्यामेराको कन्ट्रोल जिल्ला प्रहरी कार्यालय जाजरकोट रहेको छ । अब चोरी र झै झगडालाई गर्नेहरुको रेकर्ड सिसि क्यामेराबाट हेर्न सकिने जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी सन्तोष निरौलाले बताए । उनका अनुसार सिसि क्यामेरा जडान भएपछि प्रहरीलाई पनि सहज हुने छ । नलगाड नगरपालिकाको मुख्य बजामा सिसि क्यामेरा जडान भएपछि त्यसले सुरक्षित वातावरण बनाउने स्थानीयबासीहरुको भनाइ छ ।

तपाईको प्रतिक्रिया