
सुर्खेत । वीरेन्द्रनगरबाट फरक फरक मुद्धामा फरार रहेका दुईजना प्रतिवादी पक्राउ परेका छन् । जिल्ला अदालत सुर्खेतको फैसला पश्चात घरेलु हिंसा मुद्धामा दश हजार जरिवाना तोकिएका फरार प्रतिवादी वीरेन्द्रनगर ४ बस्ने २२ बर्षका शुबास चन्द्र पहाडीलाई शुक्रबार र वन मुद्दामा फरार प्रतिवादी वीरेन्द्रनगर २ ठउरी बस्ने ३९ बर्षका विनोद गिरीलाई शनिवार सुर्खेत प्रहरीले पक्राउ गरेको हो । गिरीलाई डिभिजन बन कार्यालय सुर्खेतले पच्चिस हजार तीन सय बाह्र रुपैँया जरीवाना तोकेको थियो । पक्राउ परेका पहाडीलाई सुर्खेत जिल्ला अदालत सुर्खेत समक्ष र गिरिलाई डिभिजन बन कार्यालय सुर्खेत समक्ष पेश गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाकारी दिएको छ ।


दर्शन खबर । २४ पुष २०७९, आईतवार