दिपक बराल सुर्खेत । भेरीगंगा नगरपालिका वडा नम्मर ९ मा श्री जागरण बहुउद्देश्यीय सहकारी सस्थाको साधारणसभा सभा सम्पन्न भएको छ । भेरीगंगा नगरपालिकाका उप प्रमुख धनसरा बोहोराको प्रमुख अतिथि र वडा ६ का वडा अध्यक्ष लालसिङ्ग मिजारको विशेष अतिथिमा चौथो साधारण सभा सम्पन्न भएको हो । भेरीगंगा नगरपालिकाका नगर उपप्रमुख धनसरा बोहोराले सहकारीलाई उन्नती र प्रगतिमा लैजान सहकारीका शेर सदस्य, सहकारी संचालक समिती र सहकारीका कर्मचारीहरुको मुख्य भुमिका रहने हुँदा सक्रिय हुनु पर्ने बताए । नगरपालिकाबाट सहकारी संचालनमा सहयोग गरीरहेको र आउँदा दिनमा सहकारी संचालनमा पहल गर्ने उप प्रमुख बोहोराले प्रतिवद्धता जनाईन् । उक्त सहकारीको चौथो साधारण सभाबाट सहकारी सन्चालक समितीको उपाध्यक्षमा कमला गोसाई, सदस्यमा राधा जैसी र जरसिङ्ग आग्रीलाई चयन गरीएको छ ।
जागरण बहुउद्देश्यीय सहकारी सस्थामा आबद्ध भएर उत्कृष्ट बचत गर्नुहुने शेर सदस्यहरु मध्ये मासिक बचतमा रुपा चन्द ठकुरी , दैनिक बचत रस्मि खत्रि, उत्कृष्ट बाल बचतमा वर्षा आग्री लगायतलाई प्रमाण पत्र सहित सम्मान गरीएको थियो । श्री जागरण बहुउद्देश्यीय सहकारी सस्थाको अध्यक्ष भक्त बहादुर बुढाको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा वडा नम्बर ८ का वडा अध्यक्ष पुसे कामी, वडा नम्बर १३ का वडा अध्यक्ष गणेश भण्डारी , लेकवेशी नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष चन्द्र बहादुर बुढा , वडा नम्बर ८ का निवर्तमान वडा अध्यक्ष पदम बहादुर खत्री लगायतको सहभागी रहेको थियो ।


दर्शन खबर । २४ पुष २०७९, आईतवार