दुर्गा विसि सल्यान । सुर्खेतको उत्तरी पुर्वी क्षेत्रमा पर्ने सिम्ता गाउँपालिकामा रहेको सिम्ता बहुमुखी क्याम्पसमा यसै शैक्षिकसत्र देखि एमएड कक्षा सञ्चालन हुने भएको छ । त्रिभुवन बिश्व विद्यालय शिक्षा शात्र संकाय डिन कार्यलयको सिफारिस र कार्यकारणी परिषदको निर्णय अनुसार सिम्ता बहुमुखी क्याम्पस सिम्ता ६ राकम,सुर्खेतलाई एमएडतहमा नेपालि र शैक्षिक योजना तथा ब्यबस्थापन बिषयमा यसै शैक्षिक सत्रमा देखि कक्षा संचालन हुने जनाएको छ । एमएड तहमा सम्बन्धन पाए पछि सबैको सहयोग र हातेमालोबाट उक्त कार्यक्रम सफल वनाउन आज क्याम्पस प्राङ्गणमा सर्वदलिय सर्वपक्षीय सरोकारवाला निकाय माझ सुझाव मागिएको छ ।
क्याम्पस प्रमुख वकिल वस्नेतले शनिवार भएको व्यापाक सर्वपक्षीय भेलाबाट थुप्रै सुझाव आएको जनाए । साथै क्याम्पसमा नियमित पठनपाठन र विद्यार्थी नियमितताका विषयमा क्याम्पस थप गम्भीर बनेको जनाएको छ । विद्यार्थीको नियमिततालाइ अभिभावकसँग र विद्यार्थी माझ थप चेतनामूलक तथा सुचना सन्देशमुलक कार्याक्रम लिनुपर्ने सुझाव व्यक्त गरिएको छ । एमएड कक्षा सञ्चालनका विषयमा समेत क्याम्पस सञ्चालन समिति अलि वढि कदम चाल्नुपर्ने जनाएको छ । क्याम्पसले भखरै सम्पन्न प्रदेशको चुनावमा कर्णाली प्रदेश सुर्खेत क प्रदेश सभा सदस्य तथा सोहि क्षेत्रका मानानिय खड्ग प्रसाद पोख्रेललाई वधाईसँग सम्मान गरेको छ ।
कार्यक्रम प्रमुख अतिथि प्रदेश सभा सदस्य पोख्रेल,गाउँपालिका अध्यक्ष ऐनवहादुर चन्द,बन्गाड क्याम्पस बनगाड सल्यानका सञ्चालन समितिका उपाध्यक्ष गणेश विसि,नेपाली कांग्रेस सुर्खेत पुर्व पार्टी उप-सभापति टेकबहादुर सिंह,नेकपा एमाले सिम्ता गाउँ कमिटी अध्यक्ष डम्बर घर्ती,माओवादी केन्द्रका झुप वहादुर वुढा लगाएतका महानुभावहरुले धारणा राखेका थिए । क्याम्पस सञ्चालन समितिका अध्यक्ष नेत्रलाल महताराको सभा अध्यक्षतामा भएको सर्व दलिय,सर्व पक्षीय भेलाको सञ्चालन क्याम्पस प्रमुख वकिल वस्नेतले गरेको जनाएको छ ।


दर्शन खबर । २४ पुष २०७९, आईतवार