दिपक बराल सुर्खेत । भेरीगंगा नगरपालिका वडा नम्बर ८ लोदेमा श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको ४२ औं वार्षिक उत्सव सम्पन्न भएको छ । श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले ४१ औं वर्ष पूरा गरि ४२ औं वर्षमा प्रवेश गरेको अवसरमा सुर्खेत निर्वाचन क्षेत्र नब्बर १ (ख) का प्रदेश सभा सदस्य कृष्ण जिसीको प्रमुख आतिथ्यतामा र भेरीगंगा नगरपालिकाका उप प्रमुख धनसरा बोहोराको विशेष अतिथीमा विद्यालयको वार्षिक उत्सव सम्पन भएको हो । विद्यालयका भुतपुर्व प्रध्यानाध्यापक जितबहादुर चन्दले वार्षिक उत्सवमा बोल्दै माओवादीको जनयुद्ध २०५४ मा अभिभावकबाट रकम उठाएर कक्षा ८ सम्म विद्यालय संचानल गरेको बताए ।
उनले माओवादी कार्यर्कताले अभिभावकबाट उठाएको रकम फिर्ता गर्न लगाए पछि आफ्नो तलवबाट शिक्षक साथीहरुलाई तलब भत्ता दिएर कक्षा १० सम्म संचालन गर्न सफल भएको बताए । सुर्खेत स्याक नेपालका संस्थाका प्रतिनिधि तथा निरन्तर सिकाईका प्रमुख खगेन्द्र हमालले विद्यार्थीहरुलाई दैनिक ६ घण्टा विद्यालय पठाएर मात्र विद्यार्थीको भबिस्य उज्जवल नहुने बताए । उनले आफ्नो छोराछोरीलाई घरमा पढ्ने बातावरण मिलाउन अभिभावहरुलाई आग्रह गरे । ‘हाम्रो विद्यालय, राम्रो विद्यालय, हाम्रा नानी, राम्रा नानी बनाउन सम्पुर्ण अभिभावकरु, जनप्रतिनिधीहरु, शिक्षकमित्रहरु र संंघसस्थाहरुको अभियान बढाउनु पर्ने छ’; उनले भने । उक्त विद्यालयमा वालविकास कक्षादेखि कक्षा १२ सम्म अध्यनरत २ सय जना विद्यार्थीहरुलाई विभिन्न विभागमा छनोट गरी पुरस्कृत र विद्यालय संचालनमा योगदान गर्नुहुने ८ जना व्यक्तित्वहरुलाई प्रमाण पत्र सहित सम्मान गरीएको थियो । भेरीगंगा नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष पुसे कामीको अध्यक्षतामा सम्पन्न भएको विद्यालयको वार्षिक उत्सवमा अभिभावकहरु, समाजसेवी, वुद्धिजिवी, विभिन्न राजनितिक दलका व्यक्तित्व, निर्वाचित जनप्रतिनिधिहरु, सोही विद्यालयका शिक्षक विद्यार्थी लगायत अन्य व्यक्तिहरुको उपस्थिति रहेको थियो ।


दर्शन खबर । २४ पुष २०७९, आईतवार