गुटु घाटगाउँ सडक कालोपत्रेको काम छिटो सम्पन्न गर्न सांसद विष्टको निर्देशन


सुर्खेत । कर्णाली प्रदेशसभा सदस्य विन्दमान विष्टले घाटगाउ गुटु सडक कालोपत्रेको काम तिव्रगतिमा अघि बढाउन निर्माण कम्पनीलाई निर्देशन दिएका छन ।
निर्माण शुरु भएको ५ महिना वितिसक्दा पनि काम सन्तोषजनक नदेखीएको भन्दै सांसद विष्टले समयमै सम्पन्न गर्ने गरी काम अघि बढाउन निर्माण कम्पनी श्रेष्ठ कन्स्ट्रक्सनलाई निर्देशन दिएका हुन ।
शुक्रवार सडक निर्माण स्थलमै पुगी मन्त्री विष्टले कामको प्रगतिवारे जानकारी लिएका छन । काम सुस्तगतिमा अघि बढेको जनगुनासो आईरहेकोबेला मन्त्री विष्ट सडक अनुगमनमा गएका हुन ।
झण्डै १४ किलोमिटर उक्त सडक चौकुने गाउँपालिका–१० को घाटगाउँ स्थित भेरी नदीको पुलबाट सुरु भएर गुटु बजार, साल्मा कोईरालबास हुँदै अछाम जोड्ने छ ।
कालोपत्रे गर्न लागिएको उक्त सडकको कुल लागत ६३ करोड ५ लाख १४ हजार ५१३.४० रुपैयाँ रहेको छ ।
यद्यपि श्रेष्ठ कन्स्ट्रक्सन प्रालि काठमाडौंले ३९ प्रतिशत घटेर ३८ करोड ५६ लाख ३९ हजार ५३५.७० रुपैयाँमा ०८१ असार २४ गते सम्पन्न गरिसक्ने गरी जिम्मा लिएको थियो । सडक कालोपत्रेको जिम्मा उक्त कम्पनीले गत असार ८ गतेदेखि पाएको हो । पूर्वाधार विकास निर्देशनालयका अनुसार सडकको चौडाइ १० मिटर र कालोपत्रे सडकको चौडाइ ७ मिटर रहेको छ ।

तपाईको प्रतिक्रिया