शिवालयमा मिडिया अन्तर संवाद तथा सोलार वितरण कार्यक्रम सम्पन्न

कुलेन्द्र शाही जाजरकोट । जाजरकोटमा जलवायु ऊत्थानशिल पालीका निर्माण सम्बन्धी मिडिया अन्तर सम्बाद कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको शिवालय गाउँपालिकामा विहिवार सहयोगि हातहरुको समुह सहास नेपाल पाइला परियोजना शिवालय जाजरकोटको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा शिवालय गाउपालिकाका अध्यक्ष शेरबहादुर शाहीले मानव विकास बढ्दै जाँदा जलवायु परिवर्तन पनि बढ्दै गएको बताए । अध्यक्ष शाहीले शिवालय गाउँपालिकामा पनि आगलागी, पानीका मुहान सुक्न जाँदा जलवायुमा असर गरेको उल्लेख गरे । उनले अव यसलाई न्युनिकरण गरी पालिकालाइ नै जलवायु ऊत्थानशिलसौर्य उर्जा, प्लास्टिक घर, जैबिक विषादीको प्रयोगमा जोड दिनु पर्ने साथै पानीका मुहान संरक्षण गर्ने, पोखरी बनाउने, कृषि क्षेत्रमा अग्रसर हुन उनले आग्रह गरेका छन् ।

यस्तै उक्त कार्यक्रममा शिवालय गाउँपालिका उपाध्यक्ष गिता शाहीले, पालिकालाई जलवायु मैत्रि बनाउन सबैको आ आफ्नो भुमिका रहेको बताईन् । उनले जलवायु परिर्वतन रोक्नलाई स्थानीय सरकारले सक्दो सहशयोग गर्ने प्रतिवद्धता जनाईन् । यस्तै शिवालय गाउँपालिका वडा नम्बर ९ का वडा अध्यक्ष दिपक खड्काले यहाको जलवायुको स्थिति र क्षमता अभिवृदी बढाउन वडाले विशेष पहल गरीरेहको बताए । साथै उनले यस्तो कार्यक्रम गरेकोमा सहास नेपाल परीयोजनालाई धन्यवाद व्यक्त गरे । यस्तै शिवालय गाउँपालिकाका कृषि शाखा प्रमुख विश्वामित्र शर्माले शिवालयमा जलबायु परिवत्र्तनले कृषि चक्र प्रणालीलाइ नै परिवर्तन गरीदिएको बताए । यसले बालि उत्पादनमा पनि परिवर्तन भएको बताउँदै यस सँग जुध्न सबै संघसस्था तथा सरकारी निकाय लागि पर्नु पर्ने जिकिर गरे । सोही अवसरमा सहास नेपाल पाईला परीयोजनाले शिवालय गाउँपालिकाका ४५ वटा समुहलाई पशु तथा विभिन्न सामानहरु सहयोग गरेको छ ।

सहास नेपाल पाईला परीयोजनाको सहयोग र शिवालय गाउँपालिकाको समन्वयमा पशु तथा विभिन्न सामान वितरण गरीएको सहास नेपाल पाईला परीयोजना जाजरकोटका कृषि प्राबिधिक योगेन्द्र सिँहले बताए । उनका अनुसार विभिन्न सामान तथा पशुहरु पाउनेमा आर्थिक रूपमा विपन्न रहेका एकल महिला, दलित, जनजाति रहेका छन् । जसमा ६० जना कृषकलाई सोलार, ५५ जना कृषकलाई प्लाष्टिक घर, ४७ जना कृषकलाई बाख्रा, र ६ वटा कृषकलाई बोका वितरण गरीएको प्राबिधिक सिँहले बताए । आगामी वर्ष यसलाई थप विस्तार गरिने लक्ष्य रहेको उनको भनाई छ । वडाका विपन्न घरधुरीमा सोलार विस्तार भएपछि उनीहरुको दैनिक जीवनयापनमा सहज हुने गरेको वडा नम्बर ९ का वडा अध्यक्ष दिपक खड्काले बताए । अहिलको समयमा टुकीको सहारामा अध्यारो कटाउनुपर्ने बाध्यताका उनीहरुको लागि कार्यक्रम उपयोगी भएको हुँदा सहयोग गर्ने संस्थालाई धन्यवाद व्यक्त गरे ।

सोलारको प्रयोगबाट महिलाहरुको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्ने गाउँपालिकाका अध्यक्ष शेर बहादुर शाहीले जानकारी दिए । यस्तै सहास नेपाल पाईला परीयोजनाका कार्यक्रम अधिकृत हरी प्रसाद अधिकारीले समुदाय र सरकारवालाहरुको क्षमता विकास कृषकहरुलाई उत्थानशिल प्रविधिको सहयोग, आयआर्जन क्रियाकलापमा सहयोग गरीरहेको बताए । उनले पाईला परियोजनाले हरेक दिन तिन तिन दिनमा कृषक र जनप्रतिनिधि गरी करिब ११८ जनाको मोवाईलमा मौसम पुर्वनुमान सन्देश पठाउने गरेको बताए । पछिल्लो समय जाजरकोटका विभिन्न स्थानमा पाईला परीयोजनाले सहयोग गर्दै आएको छ ।


तपाईको प्रतिक्रिया