जनज्ञान भण्डार मावि कोटखोलाको ५० औँ बार्षिकोत्सव सम्पन्न

No description available.हुम बहादुर कार्की सुर्खेत । गुर्भाकोट नगरपालिका वडा नम्बर २ मालारानीमा रहेको जन ज्ञान भण्डार माध्यमिक विद्यालयको ५० औँ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष प्रकाश डिसिको सभापतित्वमा भएको कार्यक्रम प्रमुख अतिथी कर्णाली प्रदेश सामाजिक बिकास मन्त्री यज्ञ बहादुर बुढाथोकी रहेका थिए । कार्यक्रममा मन्तव्य राख्दै सामाजिक विकास मन्त्री यज्ञ बहादुर बुढाथोकीले बिध्यालयले ५० औँ बर्ष पार गरेको शुभकामना दिँदै शिक्षा विकासको मेरुदण्ड भएको बताउदै यस विद्यालयले धेरै दक्ष जनशक्ति उत्पादन गरे सङ्गै यहाँका अभिभावकको अहम भुमिका रहेको उल्लेख गरे । उनले यस विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि बिगत देखि सामाजिक विकास मन्त्रालय बाट सहयोग हुँदै आएको साथै आगामी दिनहरुमा पनि यस विद्यालय प्रती सहयोग गरि सैद्धान्तिक शिक्षा सङ्गै प्राबिधिक शिक्षाको पनि ब्यबस्था गरीने आश्वासन दिए । कार्यक्रममा विशिष्ट अतिथी सुर्खेत क्षेत्र नम्बर १ क का माननीय खड्क पोख्रेलले शिक्षा एउटा पबित्र मन्दिर भएको उल्लेख गर्दै विद्यालयलाई बिगत देखि शैक्षिक तथा भौतिक पुर्वाधारमा सहयोग र सहकार्य गर्दै आएको हुँदा अबका दिनहरुमा पनि अझै सहकार्यका साथ लागि पर्नेप्रतिवद्धता जनाए ।

कार्यक्रममा विशेष अतिथिमा नगर प्रमुख हस्त पुन, उप प्रमुख मैना बिक, पुर्व विद्यार्थी मध्यपश्चिम विश्व विद्यालय सह प्राध्यापक अमृत गैरे, उप प्राध्यापक गिताराम ढकाल, समाजसेवि युवराज ढकाल, युबराज कँडेल , निर्देश वलि, खिमानन्द ढकाल ,टोपनारयण गैरे, क्षेत्रिय शिक्षा महासङ्घ अध्यक्ष ढाल बहादुर खत्री, गुर्भाकोट बहुमुखी क्याम्पस प्रमुख अर्जुन बहादुर शाही, शिक्षा क्याम्पस तुल बहादुर राना, साथै अतिथीमा गुर्भाकोट २ का वडा अध्यक्ष नोख बहादुर वलि, गुर्भाकोट १ का वडा अध्यक्ष राम बहादुर शाही, यसैगरी ओमप्रकास बुढा, पुर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष तिलक खत्री लगायत विभिन्न संघ सस्थाका प्रतिनिधि लगायत विद्यार्थी भाइबहिनीहरुले स्वागत मनतव्य राखेका थिए । कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक गङ्ग प्रसाद भट्टले शैक्षिक वर्ष २०७८ को बार्षिक प्रतिबेदन प्रस्तुत गर्नु गरेका थिए । यसैगरी कार्यक्रम मा विद्यालय प्रति सहयोग गर्ने समाजसेबी लगायत विद्यार्थीहरुलाई प्रसंशा पत्रले सम्मान गरिएको थियो ।

सम्मानित हुनेहरुमा पर्व विव्यस अध्यक्ष, पुर्व शिक्षक, सन्चारकर्मी तथा अभिभावकहरु रहेका थिए । सम्मानितहरुलाई प्रसंशा पत्र मार्फत सम्मान गरिएको थियो । यस्तै राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत नब निर्मित चार कोठे भबनको उद्घाटन प्रमुख अतिथी यज्ञ बहादुर बुढाथोकी बाट गरिएको छ । कार्यक्रममा समाजसेवी खिमानन्द ढकाल, शिक्षक रमेश कुमार लामिछाने, विद्यार्थी रितु भण्डारीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा विद्यालयले शैक्षिक सत्र २०७८ को विद्यार्थी नतिजाको पुरस्कार, विद्यार्थी अनुसाशन, अतिरिक्त क्रियाकलाप, खेलकुद, सरसफाइ लगायत सदनात्मक नतिजाको पुरस्कार पनि वितरण गरेको थियो ।उक्त कार्यक्रमको संचालन भने शिक्षक दिनेश शर्माले गरेका थिए ।

No description available.


तपाईको प्रतिक्रिया