गुर्भाकोटको बोटेचौरमा एैतिहासिक माघी मेला लाग्दै

अम्मर राजवंशी सुर्खेत । गुर्भाकोटको बोटेचौरमा दुई बर्ष देखि नलागेको माघी मेला यो वर्ष लाग्ने भएको छ । “स्थानीय कला र संस्कृतिकको सान गुर्भाकोटको पहिचान” भन्ने मुल उद्देश्यका साथ गुर्भाकोट नगरपालिका वडा नम्बर ९ बोटेचौरमा यही माघ १ गते देखी ७ गतेसम्म एैतिहासिक माघी मेला लाग्ने भएकाे हो । विगत दुईवर्षदेखि कोरोनाका कारण स्थगित भएको मेला यस पटक भने अलि फरक तरिकाले संचालन हुने आयोजकले जनाएको छ । मेलाको विशेष आकर्षणकरुपमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति, वडा स्तरीय पुरुष भलिबल, डोरी तान्ने खेल साथै विभिन्न किसिमका व्यापारीक स्टल, पिङ, गेम आदि रहने मेला संचालन समितिका अध्यक्ष नवीन सुनारले जानकारी दिए । उक्त मेलाको आयोजक बजार ब्यबस्थापन समिति बोटेचौर र सह आयोजकमा वडा नन्बर ९ को वडा कार्यालय रहेको छ । यो मेलामा सुर्खेत जाजरकोट, सल्यान, बाँके बर्दिया र दैलेखदेखि दर्शकहरु आउँने विश्वास गरीएको छ ।


तपाईको प्रतिक्रिया