लेकवेशी नगरपालिकाको १२ औँ नगरसभा सुरु


सुर्खेत । लेकवेशी नगरपालिकाको १२ औँ हिउँदे अधिवेशन तथा नगरसभा सुरु भएको छ । विहिवार देखी सुरु भएको सभामा हिउँदे सभाको पहिलो बैठक समेत भएको छ । सभामा विभिन्न विषयगत समितिहरुले प्रगति प्रतिवेदन सभा अध्यक्ष तथा नगर प्रमुख पौडले समक्ष पेश गरेका थिए । सभामा बोल्दै नगर प्रमुख उमेश कुमार पौडेलले चालु आर्थिक वर्षमा कुल ७४ करोड ८७ लाख ९ हजार ५७ रुपैँया विनियोजन भएका बताउँदै कुल विनियोजन बजेट मध्य चालु खर्च तर्फ ४० करोड २५ लाख ४३ हजार ९ सय ६९ रुपैँया र पुँजिगत तर्फ २९ करोड ९७ लाख ८८ हजार १ सय ९२ रुपैँया रहेको बताए । यस्तै विकास साझेदार संघ संस्थाहरुको तर्फबाट ४ करोड ६३ लाख ७७ हजार ४ सय ९६ रुपैँया र आन्तरकि श्रोतबाट ३ करोड २० लाख र गत आर्थिक वर्षबाट २ करोड संघिय सरकारको वित्तिय समानकिरण अनुदानबाट १२ करोड ६४ लाख, शसर्त अनुदानबाट २७ करोड ८८ लाख, संघिय राजश्व बाँडपाँड १० करोड ७९ लाख ८९ हजार, संघिय सरकारबाट विषेश अनुदान ३ करोड र समपुरकबाट ९० लाख बजेट आएको बताए । यस्तै प्रदेश सरकारबाटवित्तिय समानीकरण अनुदान १ करोड २८ लाख ५७ हजार, राजश्व बाँडफाँड तर्फ १६ लाख १६ हजार ५ सय ६१ रुपैँया, प्रदेश सरकारको सशर्त अनुदान ६ करोड ५७ लाख १० हजार, विषेश अनुदान ८५ लाख १९ हजार र समपुरक अनुदानमा १ करोड ३१ लख ४० हजार रुपैँया परिचालन गरिने बताए । यस्तै विकास साझेदार गैरसरकारी संस्थाहरुबाट ४ करोड ६३ लाख ७७ हजार ४ सय ९६ रुपैँया परिचालन भएको सभा अध्यक्ष पौडेलले समाभा जानकारी दिए । यस्तै नगर प्रमुख पौडेलले चालु आर्थिक वर्षमा जन सहभागितालाई सुनिश्चित गराउनका लागी उपभोक्ता समिति मार्फत योजना निर्माणका कार्यहरु भईरहेको जानकारी गराउँदै, नगरपालिकाको आन्तरिक श्रोत वृद्धी गर्नका लागि नदिजन्य पदार्थ बिक्री वितरणको कार्य टेण्डर प्रक्रिया भन्दा अगाडी आईईई स्विकृत गरि काम वडाको नेतृत्नमा काम सुरु भएको जानकारी दिए । पालिकामा नयाँ सरकार निर्माण भएपश्चात हाल सम्म १२ वटा कार्यपालिकाको बैठकहरु सम्पन्न भएका पौडेलले जानकारी दिए ।यस्तै नेपाल सरकार भुमि समस्या समाधान आयोग काडमाडौँ र लेकवेशी नगरपालिका विच भुमिहिन सुकुमबासिलाई जग्गा उपलब्ध गराउन समझदारी पत्रमा हस्ताक्षर भईसकेको हुदाँ सम्पुर्ण सभासदस्य तथा कर्मचारीलाई काम अगाडी बढाउन नगर प्रमुख पौडेलले निर्देशन दिए । सभामा नगर उपप्रमुख बिमला खड्लुले न्यायीक समितिको प्रगती प्रतिवेदन, सार्वजनिक लेखा समितिका संयोजक रुद्र बहादुर नेपालीले महालेखा परिक्षणको प्रतिवेदन नगर प्रमुख समक्ष पेश गरेका थिए । हिउँदे नगर सभाको अको बैठक पौष २९ गते विहान ११ बजे बस्ने छ ।

तपाईको प्रतिक्रिया