सुर्खेत । नेपाल प्रेस युनियन कर्णाली प्रदेश प्रथम अधिवेशनका क्रममा विवाद भएको छ । अधिवेशनमा स्थापन पक्ष र स्थापन इतर पक्षको पार्षदको विषयलाई लिएर विवाद सिर्जना भएको हो। विहिवार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित अधिवेशनमा संस्थापन पक्षधर पार्षदको विषयलाई लिएर दुई पक्षबिच लफडा भएको हो । इत्तर पक्षधरका पार्षदहरु धेरै राखिएको आरोप संस्थापनकव छ । आफ्नो पक्षका पार्षदहरुको नाम काटिएको भन्दै संस्थापनले विरोध गरेको हो ।
अधिवेशनमा सहभागी एक पत्रकारले यही विषयमा लिएर दुई पक्षधरबीच माइक खोसाखोस भएको बताए । उनले भने, ‘विवादका क्रममा हुम्लाका एक प्रतिनिधिले भने माइक नै चुडाइँ दिएका छन्’कार्यक्रममा प्रेस युनियनका अध्यक्ष शिव लम्साल, कांग्रेस नेता डा मिनेन्द्र रिजाल, कांग्रेस नेता हृदयराम थानी लगायत सहभागिता थियो। उनीहरुकै अगाडि दुईपक्षबीच तानातान भएको हो ।


दर्शन खबर । २१ पुष २०७९, बिहीबार