सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्री यामलाल कँडेललाई बनाउनुपर्ने माग गर्दै कर्णालीका एमाले नेताहरू बालकोट पुगेका छन् । बिहीबार कर्णालीका नेताहरू कँडेललाई मुख्यमन्त्री बनाउनुपर्ने माग गर्दै अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोटस्थित निवास पुगेका हुन् । सत्ता गठबन्धन दलबीच भागवण्डा हुँदा कर्णाली प्रदेशको मुख्यमन्त्री एमालेले लिनुपर्ने र कँडेललाई मुख्यमन्त्री बनाउनुपर्ने माग उनीहरूको छ । अध्यक्ष ओलीलाई कर्णाली प्रदेशको नेतृत्व नछोड्न दबाब दिन कर्णाली प्रदेशसभाका एमाले सांसद र नेताहरू काठमाडौं गएका हुन् ।
यो पनि हेर्नूहोस्।
https://darshankhabar.com/?p=19415


दर्शन खबर । २१ पुष २०७९, बिहीबार