कालीकोट। जिल्लाको महावै गाउँपालिका वडा नम्बर २ ओदामा ट्याक्टर पुगेको छ । दैलेखदेखि महावु डिल्लीकोट हुँदै बुधबार महाबैको ओदामा ट्याक्टर पुगेका हुन् । गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले सडकको अनुगमन गर्दै सिँधै ओदामा ट्याक्टर पुगेको बताए । अब मालसामान ढुवानीका लागि सहज हुने अध्यक्ष सिंहको भनाइ छ । उनका अनुसार अबको एक हप्ता पछाडि गाउँपालिकाको कार्यालय पदामघाटमा सडकको ट्रयाक खोलिनेछ । करिब ५ वर्षसम्म अगाडि बढ्न नसकेको ट्रयाक खोल्ने काम पुरा भएपछि नागरिकले स्थानीय सरकारलाई धन्यवाद दिएका छन् ।


दर्शन खबर । २१ पुष २०७९, बिहीबार