सुर्खेत । चिसो बढे संगै मध्यपश्चिम विश्वविद्यालयले हिउँदे बिदा दिएको छ । बुधबार विश्वविद्यालयले एक सूचना जारी गर्दै उक्त विश्वविद्यालयका आंगिक क्याम्पसहरुमा हिउँदे बिदा दिएको हो । पौष २० गते भर्चुअल माध्ययमबाट बसेको पदाधिकारी बैठकको निर्णयानुसार मध्यपश्चिम विश्वविद्यालयका सम्पुर्ण केन्द्रीय विभाग, स्कूल, कार्यक्रम र आंगिक क्याम्पसहरुमा पुस २१ गते देखि माघ ११ गते सम्म हिउँदे बिदा दिएको सूचनामा उल्लेख गरिएको छ । साथै पूर्व निर्धारित परीक्षा सम्बन्धी कार्यक्रम र दैनिक प्रशासनिक कार्य यथावत रुपमा सञ्चालन हुने मध्यपश्चिम विश्वविद्यालयका रजिष्ट्रार प्राध्यापक डाक्टर नारायण प्रसाद पौडेलले जानकारी दिए ।



दर्शन खबर । २० पुष २०७९, बुधबार