काठमाडौं । कम्बोडियाको होटल तथा क्यासिनोमा भएको आगलागीमा परी ज्यान गुमाएका निराकर पाण्डेको शव नेपाल ल्याउने प्रक्रिया सुरु भएको छ । पाण्डेको शव आगामी आइतबारसम्म नेपाल आइपुग्ने जानकारी प्राप्त भएको पारिवारिक स्रोतले बताएको छ ।
झापा बिर्तामोड नगरपालिका १ का पाण्डे बैदेशिक रोजगारीका लागी कम्बोडिया पुगेका थिए ।
होटलमा बसिरहेको समयमा अकस्मात आगलागी हुँदा १२ तलामा पाण्डे फसेका थिए । त्यहाँबाट निस्किन असम्भव भएपछि उक्त १२ औं तलाबाट हाम्फाल्दा उनको मृत्यु भएको थियो। यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाण्डेको शव नेपाल ल्याउन सहजीकरण गर्न मुख्य सचिव शंकरदास बैरागीलाई निर्देशन दिएका थिए ।


दर्शन खबर । २० पुष २०७९, बुधबार