सुर्खेत । सुर्खेतमा छुट्टाछुट्टै स्थानबाट ब्राउनसुगर सहित ४ जना पक्राउ परेका छन् । मंगलवार अन्दाजी साँझ ६ बजेको समयमा अस्थायी प्रहरी पोष्ट बबईबाट खटिएको प्रहरी टोलीले भेरीगंगा नगरपालिका ५ बबईबाट २ जना, जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागु औषध व्युरो सुर्खेतबाट खटिएको प्रहरी टोलीले बुधवार अन्दाजी विहान ११ बजेको समयमा वीरेन्द्रनगर नगरपालिका १ देउतिथानबाट २ जनालाई पक्राउ गरेको हो । भेरीगंगाबाट पक्राउ पर्नेहरुमा रुकुम पश्चिम मुसिकोट नगरपालिका ४ का ३६ वर्षीया गंगा खत्री र सुर्खेत वीरेन्द्रननगर नगरपालिका ९ का २३ वर्षीय पुष्कर सुनार रहेका छन् भने वीरेन्द्रनगरबाट पक्राउ पर्नेहरुमा वीरेन्द्रनगर नगरपालिका १२ का ३३ वर्षीय विजल कालुङ र वीरेन्द्रनगर ८ का २३ वर्षीय खगेन्द्र सारु रहेका छन् ।
पक्राउ परेका सुनारलाई पैदल हिडिरहेको अवस्थामा चेकजाँच गर्दा उनको साथबाट १४ ग्राम २ सय १० मिलिग्राम, सुनारलाई बा ५ ख ३७७२ नम्बरको फोर्स गाडीमा शंका लागि चेकजाँच गर्दा उनको साथबाट ४ सय ८० मिलिग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी एवम प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए । भेरीगंगाबाट पक्राउ परेका २ जनालाई हाल ईलाका प्रहरी कार्यालय छिन्चुमा र वीरेन्द्रनगरबाट पक्राउ परेका दुई जनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखि थप अनुसन्धान भईरहेको डिएसपी कार्कीले जानकारी दिए ।


दर्शन खबर । २० पुष २०७९, बुधबार