दैलेखमा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु

दैलेख । दैलेखमा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् । जिल्लाको दुल्लु नगरपालिकाको कार्यालयबाट वडा नं ९ को कार्यालय तर्फ डस्टविन लिएर जाँदै गरेकाे भे १ ग ७७ नम्बरको टिपर दुल्लु नगरपालिकाको वडा नं ९ को गोविधारा नजिक अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएको छन्। मृत्यु हुनेमा टिपर चालक दुल्लुु नगरपालिका वडा नम्बर ३ सियालाका अन्दाजी बर्ष २८ का धनबहादुर बुढा रहेको ईलाका प्रहरी कार्यालय दुल्लका प्रहरी निरीक्षक कृष्ण डाङ्गिले जानकारी दिए । घाईते अन्य दुई जना दुल्लु २ का पुर्ण बहादुर थापा र दुल्लु ७ का नगेन्द्र रावत रहेका छन् । उनीहरु दुवैको हाल दुल्लु अस्पतालमा उपचार भईरहेको र टिप्पर सडकबाट करीब २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया