दशरथपुरमा पुस २८ देखि पुरुष फुटबल प्रतियोगिता हुँदै

दिपक बराल सुर्खेत । लेकवेशी नगरपालिका ४ दशरथपुरमा हिन्दुहरुको महान पर्व माघिको अवसरमा खुला पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । ‘‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’’ भन्ने मुल नाराका साथ लेकवेशी नगरपालिका दशरथपुर उसु क्वानको आयोजनामा खुला पुरुष फुटबल प्रतियोगिता हुन लागेको हो । यहि पौष २८ गते देखी माघ १ गते सम्म संचालन हुने पुटबल प्रतियोगिता श्री जिवन ज्योती नमुना माध्यमिक विधालयको प्रांगणमा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी हुने खेलाडी टिमलाई एक जना अनिवार्य टिम म्यानेजर र अन्य गरी १८ जना खेलाडीहरुको नाम सहित पौष २८ गते सम्म टिम र्दता गरी खेलमा सहभागी हुन आयोजकले आग्रह गरेको छ ।

टिम दर्ता शुल्क रु ८ हजार ८ सय ५१ रुपैया रहेको छ । आयोजकका अनुसार टिम दर्ता पश्चात खेल तालिका बनाएर २८ गते बाट खेल सुचारु हुने भएको छ । प्रतियोगितामा प्रथम हुने खेलाडी टिमलाई रु ८० हजार र उपविजेता हुने खेलाडी टिमलाई रु ४० हजार हजार पुरस्कार रहेको आयोजकका सचिव कशम गाहाले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा रु एक हजारमा रातो कार्ड रु ५ सयमा पहेलो कार्डको व्यवस्था गरीएको छ । खेल संचालनको समयमा प्राथमिक उपचार बाहेक अन्य उपचार खेलाडी टिमले गर्नुपर्ने आयोजकले सुचनामा उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया