प्रधानमन्त्री प्रचण्डले दिए सचिवहरुलाई ३० बुँदे निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रालयका सचिवहरुलाई जनसरोकार र सार्वजनिक सेवा चुस्त बनाउन ३० बुँदे निर्देशन दिएका छन् । सिंहदरबारमा मंगलबार विभिन्न मन्त्रालयका सचिवहरुसँगको बैठकमा प्रधानमन्त्री प्रचण्डले सुशासन, सेवाप्रवाह तथा जनजीविकासँग जोडिएका विषयमा निर्देशन दिएका हुन् । यसअघि सोमबार सबै मन्त्रालय तथा आज राष्ट्रपति तथा उपराष्ट्रपति कार्यालय एव विभिन्न सम्वैधानिक आयोग र निकायका सचिवहरुले प्रगति विवरण, समस्या तथा चुनौती प्रस्तुत गरेका थिए । सचिवहरुबाट कार्यप्रगति प्रस्तुतिपछि निर्देशनात्मक सम्बेधन गर्दै प्रधानमन्त्री प्रचण्डले निजामती प्रशासन र सरकारी संयन्त्रबाट विगतको कार्यकालझैँ यसपटक पनि पूर्ण सहयोग पाइने बताए ।

उनले ठूला नीतिगत र दीर्घकालीन विषयहरुभन्दा पनि नागरिकका दैनिक आवश्यकताका सार्वजनिक सेवा प्रवाहका विषयहरु र विकास निर्माण र आयोजना संचालनबारे सम्बोधन केन्द्रित गरे । प्रधानमन्त्रीले मुख्यरुपमा आमजनताले सेवा प्रवाहमा भोग्नुपरेको सास्तीका विषयमा चासो राख्दै निर्देशन दिए । संघीयताको अभ्याससँगै घरदैलोमा नै सेवा पुग्ने जनअपेक्षा पुरा हुन नसकेको बताउँदै उनले जनताले आश गरेअनुरुप ५ वर्षको कार्यसम्पादन सन्तोषजनक नभएको टिप्पणी गरे ।

तपाईको प्रतिक्रिया