मकुमारी झाक्रि र मुकुन्द न्यौपानेलाई पार्टीमा कारबाहीको माग

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठकमा केन्द्रीय सचिव रामकुमारी झाँक्री र मुकुन्द न्यौपानेसहित झन्डै १२० जना नेताहरुलाई कारबाही गर्न माग गरिएको छ । सोमवारबाट सुरु भएको पार्टीको पोलिटब्युरो बैठकमा मंगलवार चुनावी समीक्षाका क्रममा नेताहरूले यस्तो माग गरेका हुन् । नेता न्यौपाने र सचिव झाँक्रीले फरक पार्टीको पैरवी गरेकाले उनीहरूमाथि कारबाही हुनुपर्ने माग उठेको स्रोतले जनाएको छ । पछिल्लो समय नेता न्यौपानेले एमालेसँग पार्टी एकता गर्नुपर्छ भनेर सार्वजनिक रूपमै अभिव्यक्ति दिँदै आएका छन् । पार्टीका जिम्मेवार कतिपय अन्य नेताहरूले पनि आफू अनुकुल गुटबन्दी गरेकाले उनीहरूमाथि पनि कारबाही गर्नुपर्ने आवाज उठेको पोलिटव्युरो सदस्य दिलु पन्तले जानकारी दिए । नेपाली रेडियो नेटवर्क 


तपाईको प्रतिक्रिया