लेकवेशी नगरपालिकाले १२ औँ नगरसभा हिउँदे अधिवेशन गर्दै  

सुर्खेत । लेकवेशी नगरपालिकाले १२ औँ नगरसभा हिउँदे अधिवेशन गर्ने भएको छ । नगरकार्यपालिकाको कार्यालय कल्याणको सभाहलमा उक्त अधिवेशन यही पुस २१ गते हुने बताईएको छ । नगरपालिकाको आर्थिक बर्ष २०७९/०८० को हिउँदे अधिवेशनलाई नगर प्रमुख उमेश कुमार पौडेलले शब्द बाचनद्वारा उद्घाटन गर्ने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेन्द्र जङ्ग शाहीले जानकारी दिए । अधिवेशनमा लेकवेशीका १० वटा वडाका जनप्रतिनिधिहरुको उपस्थिति रहने छ । उक्त अधिवेशन नगर प्रमुख पौडेलको अध्यक्षतामा हुने अधिकृत शाहीले जानकारी दिए ।


तपाईको प्रतिक्रिया