सुर्खेत। भेरीगंगा नगरपालिका २ की ४७ वर्षीय क्यान्सर रोग पीडित पबिसरा खत्रीलाई आर्थिक सहयोग गरिएको छ । दक्षिण कोरिया संस्थाका निर्बतमान अध्यक्ष लोकेश खत्रीको नेतुत्वमा क्यान्सर पिडित खत्रीलाई ६७ हजार २ सय ७५ रुपैयाँ नगद आर्थिक सहयोग गरिएको हो । आर्थिक अबस्था कमजोर भएकोले कोरियामा विभिन्न कार्यक्षेत्रमा कार्यरत भेरीगंगाका युवाहरुले पठाएको उक्त रुपैयाँ अध्यक्ष खत्रीले काठमाण्डौँ क्यान्सर सेन्टरमा उपचारत खत्रीलाई हस्पिटलमा पुगि हस्तान्तरण गरेको संस्थाका अध्यक्ष ओम प्रकाश ओलीले जानकारी दिए ।
भेरीगंगा सम्पर्क समिति दक्षिण कोरियाको सामाजिक दायित्व अन्तर्गत स्थापना कालदेखि नै भेरीगंगा नगरपालिका भित्र स्वास्थ्य र शिक्षामा सहकार्य र सहयोग गर्दै आईरहेको र त्यसै अभियान अन्र्तगत रकम हस्तान्तरण गरीएको संस्थाका निर्बतमान अध्यक्ष खत्रीले जानकारी दिए । क्यान्सर पिडित खत्री हाल काठमाण्डौँमा उपचाररत छन् । खत्रीको आर्थिक अवस्था कमजोर रहेको हुँदा सहयोगका लागि सम्पूर्णलाई परिवारले आग्रह समेत गरेको छ ।


दर्शन खबर । १९ पुष २०७९, मंगलवार