नेपालगञ्ज । नेपालगञ्जमा धारिलो हतियार प्रहारबाट ३ जना घाइते भएका छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ स्थित गणेशपुरमा धारिलो हतियार प्रहारबाट नेपालगञ्ज वडा नम्बर १२ का अनुराग शाह, सोही ठाउँका उज्जवल शाह र वडा नम्बर ४ गणेशपुरका सुगम शाह घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएकाे छ ।
प्रहरी अनुसार उनीहरुमाथि आइतबार दिउँसो धारिलो हतियार प्रहार भएको हो । घट्नामा संलग्न रहेका ४ जनालाई भाग्ने क्रममा पक्राउ गरिएको बाँकेका प्रहरी प्रमुख सन्तोष सिंह राठौरले जानकारी दिए । घाइते ३ जनाको नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जमा उपचार भइरहेको छ । घट्नाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


दर्शन खबर । १७ पुष २०७९, आईतवार