नागरिकले शान्ति सुरक्षाकोे अनुभव गर्ने गरी सेवा दिन्छौँ – एसपी योगेन्द्रसिंह थापा


सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतमा सरुवा भई आएका (एसपी) योगेन्द्र सिहं थापाले समग्र शान्ति सुरक्षामा आम नागरिकले अनुभव गर्ने गरी सेवा प्रवाहमा गर्ने बताएका छन् । आइतबार जिल्ला प्रहरी कार्यालय सुर्खेतमा पत्रकारहरुसंगको परिचयात्मक कार्यक्रममा बोल्दै प्रहरी प्रमुखले यस्तो बताएका हुन् । पछिल्लो समय प्रदेश राजधानी समेत रहेको सुर्खेत सुरक्षा दृष्टिकोणले अति सम्बेदनशिल रहेकाले अपराधजन्य गतिविधि रोकथाममा विशेष सुरक्षा योजना लागु गरिने थापाको भनाई छ ।

लागुऔषध ओसारपसार, चोरी निकासी, झगडा, घरेलु हिंसा, सामाजिक अपराध, कालोबजारी, सडक दुर्घटना तथा प्रहरी नै अपराधिक घटनामा संम्लग्न हुने जस्ता घटनामा वृद्धि हुँदै गएको विषयमा पत्रकारहरूले राखेको पश्नमा जवाफ दिदै एसपी थापाले आफूलाई राज्यले दिएको अधिकारको पूर्ण अधिनमा रही शान्ति सुरक्षा प्रत्याभूतिका लागि कुनै कसरत बाँकी नराख्ने प्रतिवद्धता जाहेर गरे । यसमा सञ्चाकर्मीको साथ र सहयोगको अपेक्षा राखेको उनको भनाइ छ ।

 


तपाईको प्रतिक्रिया