जाजरकोट । जाजरकोटको एक विद्यालयको गेटमा लेखिएको प्रधानध्यापक र विद्यालय व्यवस्थापन समितिको नाम हटाईएको छ । शुक्रवार सामाजिक सञ्जालमा विभिन्न विरोध तथा समाचार प्रकाशन भएपछि शिवालय गाउँपालिका ६ थालारैकरमा रहेको ईन्द्र ज्याति माविको गेटमा प्रअ निम खत्री र विव्यस अध्यक्ष विनोद कुुमार शाही लेखिएको नाम हटाइएको हो । विव्यस अध्यक्ष शाहीले शुक्रवार गेटमा व्यक्तिगत नाम लेख्नु राम्रो भएको बताएका थिए । विद्यालयको गेटमा प्रअ र विव्यसको नाम लेखिनु कुनै ठुलो कुरा नभएको शाहीले दावी गरेका थिए । शाहीले भनेका थिए ‘विद्यालयको गेटमा प्रअ र विव्यसको नाम लेख्नु ठुलो कुरा होईन, यो धेरै राम्रो हो, राम्रो कुरालाई नराम्रो बनाएर सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरिएको हो ।’
विद्यालयका प्रअ निम बहादुर खत्रीले भने यो बारे आफुलाई कुनै पनि थाहा नदिएर नाम राखिएको बताएका थिए । प्रअ र अध्यक्षको नाम गरेको गेट विहिवार मात्रै राखिएको थियो । सोही विषयलाई लिएर सामाजिक सञ्जालमा विभिन्न किसिमको टिकाटिप्पणी भएपछि विहिवार नै उक्त गेटमा लेखिएको नाम हटाईएको हो ।
यो पनि हेर्नुहोस्।


दर्शन खबर । १६ पुष २०७९, शनिबार