माधवको पार्टीसँग एमाले एकता हुनै नसक्ने ज्ञवालीको दाबी

काठमाण्डौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेकपा एमालेको अहिले तत्काल कुनै पार्टीसँग एकता हुन नसक्ने बताएका छन् । उनले पार्टी विभाजनको औचित्य कुनै पनि ढंगले पुष्टि नहुने भन्दै गल्ती स्वीकार नभएसम्म माधवकुमार नेपालको पार्टीलाई स्वीकार गर्न नहुने समेत बताएका छन् । रिटर्नी फेडेरेसनको स्थापना दिवसमा आफ्नो धारणा राख्दै ज्ञवालीले त्यसअघि नेकपा विभाजनको बरु जस्टिफिकेसन हुन सके पनि नेकपा एमालेको विभाजन हुने सम्भावना नै नभएको बताएका हुन् ।

उनले भनेका छन्, ‘हामी पूर्वाग्रह राख्दैनौँ तर गम्भीर रियालइजेशन बेगर अरू धेरै कुरा सम्भव छैन । सरकारलाई विश्वासको मत देऊ भन्ने कुरा, सरकारको दायरा फराकिलो बनाउन एकाध पोर्टफोलियो दिने कुरा स्वाभाविक होला । तर जुन कष्ट र आँधी हुरीका साथ एमालेको डुंगालाई यहाँसम्म ल्याइएको छ, सतिसाल जस्ता कार्यकर्ताको भावनाविपरीत कुनै निर्णय हुँदैन, तपाईँहरू तनावमुक्त भएर पार्टी निर्माणमा लाग्नुस् ।’ उनले यसअघि सामाजिक सन्जाल फेसबुकमा लेख्दै तत्काल इतिहासका घटनालाई बिर्सन नसकिने र बिर्सन नहुने बताएका थिए । यो पनि उनको नेपाललाई एमालेले राष्ट्रपति प्रस्तावित गरेको विषयबारे टिप्पणी थियो ।


तपाईको प्रतिक्रिया