काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्बोडियाको एक होटलमा आगलागीमा परि १९ जनाको मृत्यु भएको घटनाप्रति दुखः व्यक्त गरेका छन् । उनले उक्त घटनामा झापाको बिर्तामोड नगरपालिका १ का निराकर पाण्डेको मृत्यु भएकोप्रति गहिरो दुख् व्यक्त गर्दै समवेदनासमेत प्रकट गरेका छन् । ‘प्रधानमन्त्रीले पाण्डेका परिवारप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ,’ प्रधानमन्त्रीका संयोजक सूर्यकिरण शर्माले बताए ।
त्यस्तैगरी प्रधानमन्त्रीले मुख्यसचिवलाई मृतक पाण्डेको शव नेपाल ल्याउन जतिसक्दो चाँडो सहजीकरण गर्न पनि निर्देशन दिएका छन् । आगलागी भइरहेको होटलको १२ तल्लामा रहेका पाण्डेले हामफाल्नु अघि आफ्ना परिवारलाई सम्बोधन गरेर भाइवर गरेका थिए । उक्त दुखद भिडियो सामाजिक संजालमा भाइरल बनेको थियो ।


दर्शन खबर । १६ पुष २०७९, शनिबार