कुलेन्द्र शाही जाजरकोट । पश्चिम जाजरकोट विकास समाज शिवालय गाउँपालिकाको छैटौं साधारण सभा तथा सामाजिक लेखा परिक्षण सम्पन्न भएको छ । जिल्लाको शिवालय गाउँपालिका ३ मा शुक्रवार पश्चिम जाजरकोट विकास समाज संस्थाका अध्यक्ष पुर्ण प्रसाद उपाध्यायको अध्यक्षता र शिवालय गाउँपालिकाका अध्यक्ष शेर बहादुर शाहीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हाे । कार्यक्रमको प्रमुख अतिथि एवम् शिवालय गाउँपालिका अध्यक्ष शाहीले संस्थाको साधारण सभाको शुभकामना दिँदै आफु सरकारको प्रमुखका रुपमा भएको हुँदा स्थानिय संस्थालाई सहयोगका रुपमा अगाडि बढाउँदै लैजाने साथै संस्थालाई दिगो तथा प्रभावकारी बनाउनका लागि गाउँपालिकाले जति सक्दो आवश्यकता अनुरुप सहयोग गर्ने प्रतिवद्धता जनाए । सहयोगि समुहकी सदस्य विमला खत्रीले संस्थामा बसेपछि आफ्नो जीवनमा परिर्वतन आएको र आफुले विभिन्न ठाउँमा नेतृत्व गर्ने बोली तथा बानीको विकास भएको बताईन् । यस्तै लालिगुरास समहुकी सदस्य अमृता वुढाले विकासलाई दिगो प्रभावकारी बनाउनका लागि आफुबाट नै सुरुवात गर्न आवश्यक रहेको बताईन् । उनले हाल पश्चिम जाजरकोट विकास समाजले सञ्चालन गरेका विभिन्न क्रियाकलापबाट धेरै कुराहरु सिक्ने अवसर मिलेको जिज्ञासा राखिन् । सोही कार्यक्रममा छेडागाड नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष वालकृष्ण वुढाले सामाजिक लेखा परिक्षण सुशासनको एक मेरुदण्ड हो । यसको काम हाल पश्चिम जाजरकोट विकास समाजले गरेको हुँदा संस्थालाई धन्यवाद व्यक्त गरे । उक्त साधारण सभा तथा लेखा परिक्षण कार्यक्रमबाट १३ जनाको नयाँ कार्यसमिति पनि चयन गरीएको छ । जसमा अध्यक्ष संगीता पुन, उपाध्यक्ष टोप बहादुर घर्ति, सचिव पुर्ण प्रसाद उपाध्याय, सहसचिव सर्मिला पौडेल, कोषाध्यक्ष निर्मला रोकाय र सदस्यमा ८ जना रहेको संस्थाका कार्यक्रम व्यवस्थापक राम प्रसाद जैसीले जानकारी दिए ।
साधारण सभा तथा सामाजिक लेखा परिक्षण कार्यक्रममा शिवालय गाउँपालिका निवर्तमान अध्यक्ष नरेन्द्र कुमार शाही, निवर्तमान उपाध्यक्ष कुमारी थापा, छेडागाड नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष बालकृष्ण बुढा, सहकर्मी समाजका जाजरकोट जिल्ला टिम लिडर नेत्र नारायण रेग्मी, शिवालयमा सक्रिय रहेका राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, शिवालय गाउँपालिकाका वडा अध्यक्षहरु, विभिन्न शाखाका शाखा प्रमुख, इलाका प्रहरी कार्यालय प्रमुख, विद्यालयका शिक्षक लगायत संस्थामा आवद्ध रहेका ६८ वटा समुह सदस्यहरु सहभागि भएका थिए ।
कार्यक्रममा नेपाली कंङग्रेस शिवालयका कार्यसमिति सचिब कृष्ण बहादुर शाही,वडा नम्बर ८ का वडा अध्यक्ष जसविर वली, सरस्वती मावि सिमाका शिक्षक पारस विक्रम केसी, लगायत अन्य अतिथिहरुले स्वागत मन्तव्य राखेका थिए । उक्त कार्यक्रमको सञ्चालन व्यवस्थापक जैसीले गरेका थिए ।
तस्विरहरु







दर्शन खबर । १६ पुष २०७९, शनिबार