काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । शनिबार बिहान गृहमन्त्री लामिछाने ओलीलाई भेट्न बालकोट पुगेका हुन् । भेटमा उनीहरुबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको थियो ।ओलीलाई भेट्नुअघि मन्त्री लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए ।


दर्शन खबर । १६ पुष २०७९, शनिबार