मोटरसाईकलको ठक्करबाट वीरेन्द्रनगरमा पैदल यात्री घाईते

सुर्खेत। जिल्लामा मोटरसाईकलको ठक्करबाट एक जना पैदल यात्री घाईते भएका छन् । शुक्रवार साँझ ५ः२५ को समयमा वीरेन्द्रनगर नगरपालिका ऐरीचोक बाट मंगलगढी तर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००२ प १०३६ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा पैदल यात्री वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १ बस्ने २१ वर्षीय दिपेन्द्र मगर घाईते भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । घाईते मगरको ओठ, दाँत, र वाँया खुट्टामा चोट लागेको छ । हाल उनको कर्णाली केयर अस्पताल सुर्खेतमा उपचार भईरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

मोटरसाईकल चालक भारतको मोतियारी नगरदेही पंचायत घर भई हाल वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ९ सनिहल लाईन स्थित नमस्ते स्टिल एण्ड आल्मुनियममा मिस्त्री काम गर्ने १९ वर्षीय निकेश खान रहेकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । उनले चलाएको मोटरसाईकलको कुनै पनि कागजपत्र नभएको र उनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ ।


तपाईको प्रतिक्रिया