
सहिल अन्सरी नेपालगंज। अंग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा वण्डरल्याण्ड वाटर एण्ड फन पार्कले कार्यक्रम आयोजना गरेको छ । नयाँ बर्षको पुर्व सन्ध्यामा पार्कले बिशेषत कार्यक्रमको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । पार्कले आयोजना गर्न लागेको शनिवार साँझको कार्यक्रममा डिजे पार्टी, गायन,ब्याण्ड, गेमिंग कार्यक्रम, सांस्कृतिक नृत्य संगै बिशेष खाना परिकारको स्वादहरु लिन सकिने पार्कका बिष्णु उपाध्यायले बताए । आयोजना गर्न लागिएको कार्यक्रममा एकल टिकेट दर ६ सय र दुई जनाको एक हजार रुपैयाँ रहेको छ, भने सो रकममा एउटा बियर वा क्यान रेडबुल उपलब्ध गराइने उपाध्यायले बताए । कार्यक्रमको उद्घोषकको रुपमा चर्चित उद्घोषक प्रेरणा गिरी र रबि बस्नेत रहेका छन् ।


दर्शन खबर । १५ पुष २०७९, शुक्रबार