जाजरकोट । जिल्लाको शिवालय गाउँपालिकाको ५ र ६ को केन्द्र थालारैकरमा रहेको श्री ईन्द्र ज्योति माध्यामिक विद्यालयको चार कोठे भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । केही दिन अघि दर्शन खवरले समाचार प्रकाशन गरेपछि भवन निमार्णमा ढिलाई भएको काम पुन सुरु भएको थियो । उक्त भवन राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत बनेको विद्यालयका लेखापाल शेर बहादुर शाहीले जानकारी दिए । लेखापाल शाहीले जिम्मा लिएको भवन निमार्णको काम अन्तिम चरणमा पुगेको विद्यालयले जनाएको छ ।
भवन निमार्णको लागि काममा लगाएको मजदुरले २ लाख भन्दा बढि पैसा लिई सम्पर्क विहिन हुँदा भवन निर्माणमा ढिलाई भएको शाहीले केही दिन अगाडि मात्रै जानकारी दिएका थिए । उक्त भवन निमार्ण भएपछि विद्यार्थीलाई बस्न सहज हुने विद्यालयले जनाएको । गत चैतको अन्तिममा भवन निमार्णको लागि करिव ३६ लाख रुपैयाँमा सम्झौता भएको थियो ।
यो पनि हेर्नुहोस् ।


दर्शन खबर । १५ पुष २०७९, शुक्रबार