इन्द्र ज्योति माविको चार कोठे भवन निर्माणमा ढिलाई

जाजरकोट । जाजरकोट शिवालय गाउँपालिकाको ५ र ६ को केन्द्रमा रहेको श्री इन्द्र ज्योति माध्यामिक विद्यालयको चार कोठे भवन निर्माणमा ढिलाई भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत गत चैतको अन्तिममा उक्त विद्यालय भवन निमार्णको लागि करिव ३६ लाख रुपैयाँमा सम्झौता भएको थियो । सम्झौता भएको करिव आठ/नौँ महिना वितिसक्दा पनि भवन निमार्णको काम १५ प्रतिशत मात्रै भएको विद्यालयले जनाएको छ । चार कोठे भवन निमार्णको लागि सोही विद्यालयका लेखापाल शेर बहादुर शाहीले जिम्मा लिएका थिए । जिम्मा लिएको आठ/ नौँ महिना वितिसक्दा पनि विद्यालय भवन निर्माणमा न त ठेकेदारले नै चाँसो दिएको छ न त विद्यालयको नै ध्यान जान सकेको छ । विद्यालयको भवन निमार्णको अवधि २०७९ असार मसान्तसम्म रहेको तर काममा लगाएको मजदुरले २ लाख भन्दा बढि पैसा लिई सम्पर्क विहिन हुँदा भवन निर्माणमा ढिलाई भएको शाहीले स्वीकार गरेका छन् ।

उनले भने ‘ सम्झौता भएको केही दिनमै मैले एक जनालाई २ लाख पैसा दिएर काम गर्नको लागि जिम्मा दिए । उसले २ लाख पैसा लिएर सम्पर्क विहिनका साथै स्थानिय चुनाव, वर्षा, दशै तिहार र प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा मजदुरहरु व्यस्त भएको हुँदा भवन निमार्णमा ढिलाई भएको हो ।’ अबको ४५ दिनमै विद्यालय भवन निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखेको लेखापाल एवम् ठेकेदार शाहीले जानकारी दिए । भवन निमार्णको लागि शाहीले २७ लाख रुपैयाँ निकासा भईसकेको र बाँकी पैसा विद्यालयको खातामा रहेको विद्यालयले जनाएको छ । उक्त भवन निमार्णमा ढिलाई हुँदा विद्यार्थीलाई बस्न सास्ती भएको छ।


तपाईको प्रतिक्रिया