जुम्लाको सिँजामा नेपाल टेलिकमको फोरजी सेवा प्रारम्भ

जुम्ला । जुम्लाको सिँजा गाउँपालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा आएको छ । यहाँका उपभोक्तालाई प्रविधि र सूचनाको पहुँजमा ल्याउन धौलीढुस्कामा फोरजी सेवा जडान गरिएको हो । सिँजा गाउँपालिकामा पहिलो पटक फोरजी सेवा शुभारम्भ भएको सिँजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले बताए । फोरजी सेवाले पालिकामा सञ्चालन हुने तालिम, गोष्ठी, अनलाइन फारम भर्न र विद्यार्थीलाई अनलाइन कक्षा लिन सजिलो हुने उनले बताए फोरजी मोबाइल सेवा सञ्चालनमा आएपछि यहाँ गुणस्तरीय भ्वाइस तथा मोबाइल डाटामार्फत् इन्टरनेट चलाउन सहज भएको टेलिकमले जनाएको छ ।


तपाईको प्रतिक्रिया