भेरीगंगामा सहकारी लेखा व्यवस्थापन तालिम सम्पन्न

सुर्खेत । अवको यूवा पिडिले सहकारी बुझ्नु पर्ने तथा राष्ट्रिय अर्थतन्त्रलाई मजबुद बनाउन र मुलुकलाई आर्थिक रूपमा बलियो बनाउन सहकारीको भुमिका महत्वपुर्ण रहने भेरीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पोख्रेलले वताएका छन् । भेरीगंगा नगरपालिका १२ छिन्चुमा संचालन भएको ३ दिने सहकारी लेखा व्यवस्थापन सम्वन्धी तालिमको समापन कार्यक्रममा वोल्दै अधिकृत पोख्रेलले वैदेशिक रोजगारीको सट्टा सहकारी मार्फत रोजगारी सिर्जना गर्नु पर्ने धारणा व्यक्त गरेका छन् । उनले जिल्लामा रहेका सहकारीको वृद्धि, विकासका लागि आफुले सक्दो सहयोग गर्ने धारणा प्रतिवद्धता जनाएका छन् ।

उनले आगामी दिनमा जिल्लाका सहकारीहरु सफल भएको हेर्न पाईयोस् भन्दै शुभकामना समेत व्यक्त गरे। यस्तै समापन कार्यक्रममा बोल्दै भेरीगंगा नगरपालिका उद्योग विकास तथा सहकारी शाखा प्रमुख चित्रा डाङ्गीले जिल्लामा संचालन भएको तालिममा सक्रिय सहभागिता जनाउने सम्पुर्ण सहभागिहरुलाई धन्यवाद दिए । उनले तीन दिनसम्म सिकेको सिपलाई उपलब्धी मुलक बनाउन सहभागीलाई जोड दिईन । साथै कोपोमिसमा आवद्ध हुन र मासिक प्रतिवेदन प्रत्येक महिना शाखामा पेश गर्न नगरभित्रका सहकारी संघ – संस्थाहरुलाई आग्रह गरेकी छन् ।

भेरीगंगा नगरपालिका उद्योग विकास तथा सहकारी शाखाको आयोजनामा संचालन भएको तालिममा सहकारीको लेखा व्यवस्थापन लगायतका विषयमा तालिम दिईएको थियो । तालिमको प्रशिक्षकमा नेफस्कुन वीरेन्द्रनगर शाखाका कार्यक्रम अधिकृत गणेश प्रसाद रेग्मी रहेका थिए । उद्यम विकास सहजकर्ता लाल बहादुर कार्कीले सन्चालन गरेको उक्त कार्यक्रमको सहजिकरण सुनिता जैसिले गरेकी थिईन् । तालिममा भेरीगंगा नगरपालिकाका ३६ जना सहभागिको उपस्थिति रहेको थियो । सहभागी भएका ३६ जनालाई नै प्रमाण पत्र वितरण गरिएको सहजकर्ता कार्कीले जनकारी दिए ।


तपाईको प्रतिक्रिया