जाजरकोटमा पहिरोमा परि तीन जनाको मृत्यु

जाजरकोट । भेरि नगरपालिका वडा नम्वर २ मा गए राती पहिरोमा परि तिन जनाको मृत्यु भएको छ ।
वडा नम्वर २ तिमिलेस्थित दलबहादुर वलीको घर पहिरोले पुरिँदा उनका श्रीमतीसहित दुई छोरीको मृत्यु भएको छ ।
राती पौने २ बजे आएको पहिरोले घर सहित बगाउदा ३२ वर्षीया पार्वती वली, छोरीहरु नौ वर्षीया मोतीकला वली र तीन वर्षीया धनसरा वलीको घरभित्र नै पुरिएर मृत्यु भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । पार्वतीका श्रीमान् बलबहादुर घर बाहिर सुतेका कारण बाँच्न सफल भएको जाजरकोटका प्रहरी नायब उपरीक्षक श्याम खत्रीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयबाट उद्धारका लागि टोली खटिएको, सशस्त्र प्रहरी पनि खटिएको उनले बताए । अहिले घटनास्थलमा उद्धारकार्य जारी छ ।


तपाईको प्रतिक्रिया