
सुर्खेत । वीरेन्द्रनगर उपत्यकाको पानीको निकास खोलाको संरक्षणमा स्थानीय वासीहरु जुटेका छन् ।
वीरेन्द्रनगर १० का युवा बखत शाहीको नेतृतवका सो खोला संरक्षणमा स्थानीय वासीहरु सक्रीय भएका हुन् । वीरेन्द्रनगरको वडा नम्वर २ र ९ को सीमानामा पर्ने निकास खोलामा विषदी प्रयोग तथा करेन्ट बाट माछा मार्ने क्रम बढे पछी स्थानीयहरु सक्रिय भएका हुन् ।
। विषादी प्रयोग गरेर तथा करेन्ट लगाएर माछा मार्ने क्रम बढेपछि स्थानीयले खोलाको जैविक विविधतामाह्रास भएपछी संरक्षणमा अग्रसरता देखाएका हुन् ।
निकास खोला संरक्षणसम्बन्धी कार्यक्रममा अभियन्ता बखतबहादुर शाहीले विषादी प्रयोगले जनावरलाई समेत असर गरेकाले अभयिान थालीएको शाहीले बताए । ‘खोलाको जैविक विविधताको संरक्षण गरी पर्यटन विकास गर्ने लक्ष्य लिएका छौं,” नेपालदर्शन संग शाहीले भने । विषादी प्रयोग गर्ने करेन्ट लगाउने काम पूर्ण रुपले बन्द गरेर ‘फिसिङ जोन’का रुपले निकास खोलालाई चिनाउन सकीने उनको भनाईछ । खोला संरक्षाण संगै स्थानीय मानीसको जीवन स्तरमा सुधार हुनुका साथै पर्यटन प्रवद्धन संगै होमस्टे सञ्चालनका लागी पहल गरिने उनको छ ।
नौलो सुधारवादी र आदर्श सामुदायिक वन उपभोक्ताहरुले संरक्षणमा लाग्ने बताएका छन् ।
कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य संघ, वडा नम्वर ९ र २ का वडा जनप्रतिनिधिहरु, उपभोक्ता समितिका व्यक्तिहरु, समाजसेवी, विद्यार्थी, स्थानीय व्यक्ति, लगायतको सहभागिता रहेको थियो ।


दर्शन खबर । १४ भाद्र २०७६, शनिबार