दैलेखमा मगाइएकै थिएन गाई

सुर्खेत । भीरबाट खसालिएका गाई दैलेखमा कसैले पनि नमगाएको खुलेको छ । नेपालगन्ज उपमहानगरपालिकाले छाडा चौपाया दैलेखका स्थानीयले मगाएको भन्दै नियनन्त्रणमा लिएर बिहीबार त्यसतर्फ पठाएको थियो । आठ वटा ट्रकमा लोड गरेर लगिएका तीन सय गाईगोरुमध्ये केहीलाई सुर्खेतमा भीरबाट खसालिएको थियो भने केही बेवारिसे छाडिएका थिए ।
नेपालगन्ज उपमहानगरपालिकाले ती गाईगोरु दैलेखको धार्मिक स्थल श्रीस्थान मन्दिर क्षेत्रमा लैजान बाँके प्रशासनसँग अनुमति लिएको थियो । प्रशासनको त्यही अनुमतिपत्रका आधारमा गाईगोरु वीरेन्द्रनगरसम्म ल्याइएको थियो ।
ती गाई आफूहरूले नमगाएको दैलेखका जनप्रतिनिधि र श्रीस्थान मन्दिर व्यवस्थापन समितिले जनाएका छन्। नेपालगन्जबाट पठाइएका गाईगोरु जिल्लामा कसैले पनि किनेको वा मगाएको नपाइएको दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले पुष्टि गरे । मन्दिरका महन्तले पनि नेपालगन्जबाट गाईगोरु नमगाएको जनाएका छन् ।
दैलेखमा कसैले पनि गाईगोरु नमगाएको भनेपछि घटना थप रहस्यमय बनेको छ ।
आजको अन्नपूर्ण दैनिकमा समाचार प्रकाशित छ ।


तपाईको प्रतिक्रिया