सन्दीप लामिछानेको निवेदन हेर्न नभ्याइनेमा

काठमाडौं । बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान सन्दीप लामिछानेको मुद्यामा आज (विहिवार) सुनुवाइ नहुने भएको छ । पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश बदरको माग गर्दै सन्दीप लामिछानेले उच्च अदालत पाटनमा निवेदन दिएका थिए । उनको निवेदनको सुनुवाइका लागि पाटनका न्यायाधीश सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा परेको थियो । तर अहिले हेर्न नभ्याइनेमा परेको छ । नाबालिग बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान लामिछानेलाई २०७९ कार्तिक १८ गते जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

 

 

 

 

 

 


तपाईको प्रतिक्रिया