कालिकोट । जिल्लाको रास्कोट नगरपालिकामा अप्टिकल फाइबरबाट इन्टरनेट सञ्चालनमा आउने भएको छ । रास्कोट नगरपालिकामा इन्टरनेट भरपर्दो बनाउनका लागि अप्टिकल फाइबरबाट इन्टरनेट सञ्चालनमा आउने भएको हो । रास्कोट नगरपालिकाको मुकाम आरसिपी बजारमा वर्डलिङ्कले अप्टिकल फाइबर इन्टरनेट सञ्चालनमा ल्याउन लागेको छ । पछिल्लो समय फाइबर इन्टरनेट एकदमै लोकप्रिय हुँदै जाँदा फाइबर इन्टरनेटको माग बढ्दै गइरहेको छ ।
रास्कोट नगरपालिकालाई प्रविधिमैत्री बनाउनका लागि फाइबर नेट जडान गर्न लागिएको रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाही पोषणले बताए। अरु माध्यमभन्दा फाइबर इन्टरनेटको गती राम्रो हुने भएकाले जडान गर्न लागिएको र अबका केही दिनमा रास्कोट नगरपालिकामा जडान हुने उनले जानकारी दिए । नगरपालिकालाई प्रविधिमैत्री बनाउनका लागि फाइबर नेट जडान हुने र यसले विद्यालय, सरकारी कार्यालय र निजी क्षेत्रलाई सेवा लिने प्रमुख शाहीले बताए ।


दर्शन खबर । १४ पुष २०७९, बिहीबार