सुर्खेत । अवैध आर्थिक संकलन गरेको आरोपमा सुर्खेतमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । जिल्लाको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ६ मंगलगढीचौक बाट बुधवार अन्दाजी बेलुकी ६ बजेको समयमा बादबिबाद गरिरहेको अबस्थामा प्रहरीले २ जनालाई पक्राउ गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । पक्राउ पर्नेमा कालिकोट शुभकालिका गाउँपालिका वडा नम्बर ७ बस्ने २९ वर्षीय षडानन्द भट्टराई र खाँडाचक्र नगरपालिका वडा नम्बर ९ बस्ने ३१ वर्षीय बिश्वमित्र अधिकारी रहेको छन् ।
प्रहरीले चेकजाँच गर्दा उनीहरुको साथ बाट कर्णाली जनजाकृति समाज नेपाल लेखेको २ वटा पत्र र मुगुको रारामा पुस्तकालय बनाउनको लागि आर्थिक सहयोग गर्न भनि ३ वटा आर्थिक संकलन गर्ने ठेली, १ थान ल्यापटप विभिन्न १० थान पुस्तक फेला पारेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । यस विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


दर्शन खबर । १४ पुष २०७९, बिहीबार