कर्णाली प्रदेशसभाको अधिवेशन आह्वान

सुर्खेत । कर्णाली प्रदेश सभाको अधिवेशन पुस १८ गते सोमबार दिउँसो १ बजे बस्नेगरी बोलाइएको छ। मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा कर्णाली प्रदेश प्रमुख तिलक परियारले बुधबार अधिवेशन आह्वान गरेका हुन्। नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख परियारले अधिवेशन आह्वान गरेका हुन्। प्रदेश सभाको  बैठक ज्येष्ठ सदस्य विनोदकुमार शाहले सञ्चालन गर्नेछन्। सभामुख र उपसभामुख निर्वाचित भएर नआउञ्जेल ज्येष्ठ शाह सभामुखको भूमिकामा रहने जनाइएको छ ।


तपाईको प्रतिक्रिया