भेरीगंगामा अपाङ्ग पुर्नस्थापना केन्द्रको छैटौं साधारणसभा सम्पन्न

दिपक बराल सुर्खेत । भेरीगंगा नगरपालिका वडा नब्बर ९ मा अपाङ्ग पुर्नस्थापना केन्द्रको दोस्रो अधिवेशन तथा छैठो साधारणसभा सम्पन्न भएको छ । भेरीगंगा नगरपलिका वडा नब्बर ९ का वडा सदस्य गंगा रोकायको प्रमुख अतिथि र अपाङ्ग पुर्नस्थापना केन्द्र भेरीगंगा सुर्खेतका अध्यक्ष टेक बहादुर ओरको अध्यक्षतामा बुधबार सम्पन भएको दोस्रो अधिवेशनबाट पहिलो कार्यसमिती विगठन गरी नया कार्य समिती चयन गरीएको छ । भेरीगंगा नगरपालिका अपाङ्ग पुर्नस्थापना केन्द्रको अध्यक्षमा टेक बहादुर ओर , उपाध्यक्ष राजेन्द्र कुमार बिक, कोष अध्यक्षमा बिन्दु सुनार परियार, सचिवमा पुर्ण बहादुर खड्का, सहसचिव राम बहादुर बिक, सदस्यहरुमा रेशा र्आसी , सिता विक र करविर सार्की तिन वर्ष कार्यकालको लागी चयन भएका छन् । अपाङ्ग समाज सुर्खेतका अध्यक्ष माया प्रसाद जैसी र सचेतना संचार केन्द्र सुर्खेतका अध्यक्ष बिष्णु प्रसाद भट्टराईको विशेष आतिथ्यतामा सम्पन्न भएको अपाङ्ग पुर्नस्थापना केन्द्रको दोस्रो अधिवेशन तथा छैठो साधारणसभा ३६ जनाको सहभागी भएको थियो ।


तपाईको प्रतिक्रिया